माओवादीकै कारण सिंहदरवारको शक्ति गाउँगाउँ सम्म पुग्यो महरा (भिडियो सहित)



२३ औ जनयुद्ध दिबस मनाईयो

 

सैघाली खबर

दाङ १ फागुन । २३ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरी दाङ सहित देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ। । २३ औ जनयुद्ध दिवसको अबसरमा शहिद स्मृति विद्यालय वनकट्टी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व उपप्रधान मन्त्री कृष्णबहादुर महराले जनयुद्ध नेपाली समाजको बर्गिय मुक्तीका लागि भएको बताउँनुभयो । जनयुद्ध भारत, चीन वा दरवारले चलाएको भनेर हल्ला फैलाउने काम पनि भयो तर, पछि यहाँका राजनीतिक शक्तिहरुलाई यो नेपाली जनताकै चाहना र अगुवाईमा भएको भनेर भन्ने थाहा भयो उहाँले थप्नु भयो ।

 

’ जनयुद्धले मुलुकको आमुल परिवर्तनमा कायापलट गरेको उल्लेख गर्दै उहाँले माओवादीकै एजेण्डाका कारण मुलुकमा अहिले सिंहदरवारको शक्ति गाउँगाउँमा पुगेको बताउँनुभयो । आफ्नो मन्तव्यको शुरुमा भावुक भएका महराले शहिद विद्याललाई प्राविकि शिक्षालयको रुपमा अघि बढाउनुपर्ने बताउँनुभयो । ‘म विद्यार्थी भाई बहिनिहरुको कुरा सुनेर निकै भावुक भए, मलाई युद्धकालका पूराना दिनहरुको याद आयो भन्नुभयो । जनप्रतिनिधिका हिसावले पनि यो विद्यालयलार्य प्राविधिक शिक्षालयको रुपमा बिकास गर्नका लागी पहल थाल्ने वताउनुभयो । केही शक्तिहरुले आजको आवश्यकता नबुझेर जनयुद्ध तत्काल गर्नुपर्छ भन्नु गत तर्क भएको बताउँदै प्राप्त उपलब्धिमा टेकेर नयाँ क्रान्तिको बाटामो जानुपर्ने बताउँनुभयो । यस्तै जनयुद्धको दिबसका वाई.सि.एल दाङले मंगलवार बेलुका दिप प्रज्वलन समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्