सैघाली खबर
दाङ १ फागुन । २३ औ जनयुद्ध दिबसका अबसरमा वाई.सि.एल. दाङले दीप प्रज्वलन गरेको छ । घोराही स्थित पार्टी कार्यालय अगाडी दीप प्रज्वलन गरेको हो । वाई.सि एल. केन्द्रिय सचिव गणेश शाही (प्रतिक) र माओवादी केन्द्र दाङ संयोजक सुवास पुनले संयुक्त रुपमा दिप प्रज्वलन गर्नु भएको थियो । दीप प्रज्वलन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वाई.सि एल.का केन्द्रिय सचिव गणेश शाही (प्रतिक)ले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउँनु पर्ने बताउँनुभयो ।
जनयुद्धका कारण देश नयाँ कोर्षमा पुगेको बताउँदै जनयुद्धको उपलव्धी सबैले रक्षागर्नु पर्ने बताउँनुभयो । प्रदेश नं. ५ का ईन्चार्ज समेत रहनु भएका शाहीले गणतन्त्र बिरोध गर्नेहरु नै देशको विद्रोही भएको वताउँनुभयो । जनयुद्धकै कारण देशमा समानता र्धम निरपेक्षता समानुपातिक सहभागिता र संविद्यान आएको उल्लेख गर्दै त्यसको कार्यान्यनका लागी सबै जना लाग्नु पर्ने बताउँनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।