काठमाडौ । बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाइ, झुक्याई सर्बसाधारणलाई प्रलोभनमा पारी नगद ठगी गर्ने समुहको खोजतलास गर्ने क्रममा प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राईलाई प’क्राउ गरिएको महाशाखाले जनाएको छ ।
प्राचीन पुरातात्विक बौद्ध ग्रन्थ तीन करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आ’रोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरूले साउन १४ गते उदयपुर चौदण्डीगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको महाशाखाले जनाएको छ । उनीहरूलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । सो सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।