कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ करूवाका मूर्ति ठ,ड्याइएका छन्। हालसालै उदयपुरको बेलका नगरपालिकाले सुँगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैकी मूल गाउँमा बनाइएको उक्त सुँगुर को मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट छ।
नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुँगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ। ‘यो मूर्ति नगरपालिका आफैँले बनाएको हो। दसैँसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर थापाले भने,‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौँ। ’ सुँगुर को यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरिदिएको उनले बताए। अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन्।
‘अहिलेचाहिँ मूर्तिको मात्र काम भइरहेको छ। पार्कका लागि थप २० लाख बजेट छुटाइएको छ। त्यसको ठेक्काको काम बाँकी छ,’ मेयर थापाले भने। वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारणअनुसार सुँगुर को मूर्ति बनाइएको हो। ‘मैनामैकी पर्यटकीय हिसाबले धेरै सम्भावना भएकाले अरू के गर्न सकिन्छ भनेर छलफल गर्दा यस ठाउँबाट बराह (बँदेल) हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेछ। सोही अनुसार बराहको मूर्ति बनाउने कुरा भएको हो,’ धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने मुख्य उद्देश्य भएको मेयरले बताए ।
सामाजिक सञ्जालमा आएको नकारात्मक टिप्पणीबारे मेयरले भने ” करोडौँको मन्दिर, मूर्तिहरूमा लगानी हुँदा नकारात्मक टिप्पणी आउँदैन त ? यो मूर्तिको बारेमा किन विरोध अहिले नगरपालिकाले ६० लाख खर्च गरे पनि हामीले जुन अबधाराणा लिएर काम गर्दै छौँ जुन वर्षमा हामीले दश लाख पर्यटकहरूलाई भित्राउने उद्देश छ।
जसबाट करोड भन्दा बढी आर्थिक सङ्कलन हुन सक्छ । अहिले सत्य नबुझी गलत टिप्पणी गर्नुभएको छ यसमा मैले भन्नू केही छैन । सकिर्ण सोचको कुरा हुन् । बुझ्नेले समर्थन गर्नुभएको छ । ८,९ महिना अगाडिबाट नै मूर्ति बनाउन सुरु गरेको भए पनि त्यो बनाउन स्थानीय बासीले १५ लाख बराबरको जमिन उपलब्ध गराएका साथै २५ % काम मात्र बाकी रहेको अब दसैँ सम्म सकेर उद्घाटन गर्ने तयारी रहेको थाहाअनलाइनलाई जानकारी दिनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।