काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रवार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बत्ताइएको छ । शनिवार बिहानसम्म सहरको टाढा टाढाबाट समेत त्यहाँको आकाशमाथि द्युवान्को बाक्लो मुस्लो उडिरहेको देखिन्थ्यो ।
प्रहरीका अनुसार उक्त औद्योगिक क्षेत्रभित्र रहेको नबिको बिस्कुट उद्योगमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि प्रहरी र स्थानीयहरू सक्रिय छन् । शुक्रवार राति २ बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्रे आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।
आगलागीको कारण तथा क्षतिको विवरण समेत खुल्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।