काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदै छ । कोरोना महामारी बढी रहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ ।
आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबिच कडा प्रतिस्पर्धा हुनेछ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ ।
महागुरु कोच दीप श्रेष्ठको टिमबाट दार्जिलिङका आर्यन तामाङ , सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टिम प्रमोदबाट किरण गजमेर , टिम राजुबाट बागलुङकी तारा श्रीष मगर हुन् भने टिम तृष्णाबाट ज्वाला राई प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।