काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आजै (शनिवार ) सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई (आन्तरिक मूल्याङ्कन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।
कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
त्यसै गरी बोर्डले २०७७ को एसइईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा. लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
एसईईको नतिजा www.see.gov.np, www.neb.gov.np का साइटलगायतबाट पनि हेर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।