कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई गगन थापाको सुझाव



पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ ।

यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगित मात्र नभई विकल्पसहित निर्णय गर्न सुझाव दिएको सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिएका छन् ।

उनले शनिवार ट्विटमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौँ । प्रमज्युले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ ।’ आफूहरूको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्