काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जनालाई प्रहरीले प’क्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीले भारत विहार घर भई कलङ्की खसी बजारमा मासु पसल सञ्चालन गर्दै आएका उनीहरूलाई ४ जनालाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा भारत विहार स्थित बाहराइज घर भई खसी बजार बस्ने वर्ष ६७ का गुलाम रसोल क्रोसिल सोही स्थानका वर्ष २५ का जविर क्रोसिल, वर्ष २१ का जाविर क्रोसिल र वर्ष ५० को मटान पुरेसी रहेका छन्।
शनिवार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको सूचनाका आधारमा शनिवार बिहान प्रहरी टोली उक्त पसलमा पुगेको थियो।
प्रहरी पुग्दा विक्री वितरणका राखिएको बाख्री १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी मासुसमेत बरामद गरिएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।