काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो ।
शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।
बढ्दै गएको कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । स्थगित परीक्षा पुनः सञ्चालन गर्नुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।