कृषि मन्त्री साहद्वारा प्रदेश न.२ को यस मोडेल नेपाल कृषि फार्म निरीक्षण



सिरहा । प्रदेश न.२ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साहद्वारा यस मोडेल नेपाल कृषि फार्म निरीक्षण ।   सिरहा  जिल्लाको  धनगढीमाई नगरपालिका ४ स्थित निम चौक मा प्रदेश नम्बर २ कै नमुना गाई भैँसी फार्म सञ्चालन  भएको छ । महोत्तरी जिल्लाको भंगहा ३ का स्थानीय सञ्जीव कुमार साहले प्रदेश २ कै नमुना मोडेल नेपाल  कृषि फार्म प्रा.लि. गाई भैँसी फार्म सञ्चालन गर्न लागेका हुन ।

साहले निजी  जमिनमा नमुना गाई भैँसी फार्म सञ्चालन गरी जिल्लाका ७२ बेरोजगार युवालाई स्वरोजगारको  तम्सिएका छन् । जसको लागि अहिले उनी गाई भैँसी आधुनिक गोठ व्यवस्थित गर्नमा व्यस्त रहेका छन् । मन्त्री साहले भने ‘प्रदेश सरकारबाट अनुदानमा कृषि यन्त्रमा  ५० % देखि ७५ % सम्म अनुदानमा उपलब्ध हुन्छ’ ।

उक्त अत्याधुनिक तरिकाबाट निर्माण गरिरहेका उन्नत गाई भैँसी पाल्ने लक्ष्य लिएका छन् । उनको लक्ष्य अनुसार हाल १६२ गाई र ९७ ओटा भैँसी (दुबई को बच्चा हरू ४२ ओटा) अहिले रहेको बताए  सय बाख्राबाट सुरु गरी भविष्यमा गाई लाई १००० हजारसम्म लैजाने र भैँसीलाई ३०० मा लैजाने  साहले बताएका  छन् ।

पर्याप्त चरिचरणको व्यवस्था भएको हुँदा बाख्राको लागि राम्रो सम्भावना देखेको उनी बताउँछन् । उनले अहिले पनि  ३०/३५ वटा बाख्रा परम्परागत तरिकाले घरैमा पालिरहेका छन् ।

नेपालमा कृषि बाहेक अन्य विकल्प नभएकाले प्रत्येक युवाले व्यावसायिक ढङ्गबाट सोच्ने समय आएको उनको बुझाई रहेको छ । “हाम्रो देश अत्यन्तै सम्भावनाले भरिपूर्ण देश हो । यहाँ जे गरे पनी सम्भव छ । तर त्यो अलि ठुलो हुनुपर्‍यो । ठुलो सोच राखेर सुरु गरिएको सानै कामले पनि उच्च प्रतिफल दिन्छ । त्यसैले प्रत्येक युवाले अब रोजगार हैन स्वरोजगार बन्न आवश्यक छ ।” राईले बताए । उनले थपे “मैले अरबको मरुभूमिमा समेत पसिना बगाएर आएको हुँदा, अब आफ्नै देशमा केही गर्ने सोच छ । त्यहाँ गरे जती दुःख यही गरियो भने आफ्नै देशमा मनग्य प्रगति गर्न सकिन्छ ।”

देशको राजनीतिक हालत देखेर बिरक्तिएका राई अब भने आफैले केही गर्नुपर्छ भनेर कम्मर कसेका हुन । नेपालका हरेक युवालाई राजनीतिक पार्टीहरूले उपभोग मात्र गर्ने गरेको तर युवाको व्यवस्थापन गर्न भने ती राजनीतिक दल र सरकार सफल भएको उनको गुनासो छ । त्यसैले पनि उनले हरेक युवालाई पार्टीको पछि लाग्न छोडेर अर्थ उपार्जनमूलक कार्यमा लाग्न आग्रह गरेका छन् । जसको सुरुवात उनी आफैबाट गर्न लागेका हुन ।

उनले नमुना गाई भैँसी फार्म मार्फत  मात्र गर्न खोजेका छैनन्, बरु अन्य युवालाई पनि उत्पादन सङ्ग जोडिन प्रेरित गरिरहेका छन् । त्यसका अलावा नेपाल कृषि  सम्भावनालाई समेत उनले मध्यनजर गर्दै काम गरिरहेका छन् ।

कुनै पनि  काम नमुनाका रूपमा गर्न सकियो भने त्यसले मानिसलाई आकर्षण गर्ने उनको भनाई छ । त्यसैले आफ्नो उद्देश्य केवल गाई भैँसी पाल्ने मात्र नभएर अरूलाई पनि  पाल्न प्रेरित गर्ने र सिरहावासी लाई एउटा  मात्र होइन कृषि पर्यटनको क्षेत्रका रूपमा समेत विकास गर्ने रहेको साहले बताएका छन् ।

यसमा प्रदेश सरकारद्वारा  सकारात्मक साथ भए आफू सफल हुने साहले स्पष्ट पारेका छन् । उनका अनुसार व्यक्ति सफल वा असफल हुन पनि राज्यको भूमिका प्रमुख रहने हुँदा राज्यबाट सकारात्मक साथ र सहयोग पाए जो कोही सफल हुनेछ । देशका नागरिक सफल हुनु भनेको देशको सरकार सफल हुनु भएको उनको बुझाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्