बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु पर्छ : माधव नेपाल



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनु भएका छन् ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा नेता नेपालले राज्यको विभिन्न निकायकोबीचमा अधिकार र कर्तव्यको सन्तुलन कायम गरेर सङ्घीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भयो । गणतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न र कानुनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको उँहाले बताउनु भयो ।

देशमा जनता सुखी र मुलुक समृद्धि होस भन्ने सबैको चाहना रहेको उँहाको भनाइ छ । नेता नेपालले सङ्घीय, प्रदेशकी र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रित सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सबै जनताले यसको महसुस गर्ने गरी सबै तहले काम गर्नुपर्ने जिकिर गर्नु भयो ।

त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताउनु भयो । उनले शंकमुलमा विद्युतीय शव दाह निर्माण गर्ने काम सुरु गरिसकेको जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्