सैघाली खबर
दाङ,२ फागुन
दुर्घटना न्यूनिकरण गर्ने भन्दै सुरक्षा निकायहरुले सडकमा राखेका ड्रमहरु हटाउन माग गरेका छन् । राजमार्गमा ड्रम राख्नु दुर्घटना न्यूनिकरण्का लागी झनै कठिन भएको भन्दै राजमार्गमा ड्रम राखेर असहज यातायात सेवा लाई झनै कठिन नवनाउन समेत व्यवसायीहरुले माग गरेका छन् ।
“साँधुरो सडकमा राखिएको यी ड्रमहरु दुर्घटना न्यूनिकरणका लागी होईन यातायात व्यवसायीहरुसंग पैसा असुल्नका लागी लक्षित देखाइएका छन् । दुर्घटना रोक्न सडक चौडा गरिनुपर्छ” , नेपनल यातायात व्यवसायी महासंघ राप्ती अञ्चल संयोजक भरतनाथ योगीले भने ।
उनले दुर्घटना न्यूनिकरण गर्न सडकमा ड्रम तत्काल हटाउन समेत आग्रह गरे । साथै उनले ड्रमको बाहानामा पैसा असुल्ने अभ्यास सुरक्षा अधिकारीहरुले शुरु गरेको पनि बताए ।
“मैले धेरै भन्दैन सडकमा राखिएका ड्रमहरु दुर्घटना न्यूनिकरणका लागी भन्दा पनि पैसा असुल्नका लागी सुरक्षा निकाले गरेको खेल देखिएको छ” , योगीले भने – साँधुरो सडकमा राखिएका ड्रमहरु तत्काल हटाउन सुरक्षा निकायलाई आग्रह गर्दछौं ।”
त्यसैगरी नेपाल यातायात व्यवसायी महासंघका निर्वतमान उपमहासचिव तथा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितीका अध्यक्ष सुरेश हमालले पनि यो सुरक्षा निकायको गलत प्रक्रिया भएको अभिव्यक्ति दिए ।
“साँघुरा सडकहरुलाई झनै समस्या थप्दै सडकमै ड्रम राख्नु दुर्भाग्य हो” , सडकमा ड्रम राख्नुभन्दा दुर्घटना न्यूनिकरणका लागी सचेतना अभियान र राज्यलाइ सडक चौडा गर्न दबाव दिनुपर्छ” , हमालले भने तत्काल हाइवेय ड्रम हटाउन आग्रह गर्दछौं ।
त्यसैगरी चालक बावुराम नेपालीले पनि सडकमा ड्रम राखेर दुर्घटना न्यूनिकरण नहुने भन्दै यसले झनै असहज बनाएको उनले बताए । साँघुरो सडकमा क्रस सवारी चलाउनै नसक्ने अवस्थामा सबै प्रहरी पोष्टअघि राखिएका ड्रमहरुले मुलुकमा अनिष्ट निम्तिन लागेको पनि उनीले सुनाए । नेपालीले भने
“सशस्त्र द्धन्द्धमा यस्ता ड्रमहरुलाइ सहजरुपमा लिएको थियो , त्यहाँ सवारी इन्ट्री हुन्थ्यो , तर अहिले कुन उद्येश्यले राजमार्गमा ड्रम राखिएको हो , जानकारी भएन , नागबेली आकारमा सवारी चलाउन बाध्य भएका छौं ।”
सडकमा ड्रम राखिएको बेला सुुरक्षा निकायका अधिकारीहरुको भने रातको समयमा कुनै उपस्थिती नदेखिएको पनि सवारी चालकहरुले बताउछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।