हिन्दु स्वयंसेवक सङ्घ नेपालले महाराजगञ्जमा गुरु दक्षिणा उत्सव मनायो 



कपिलवस्तु  ।  कपिलवस्तु जिल्लाको  महाराजगञ्ज नगरपालिका वडा नं १ महाराजगञ्जमा  हिन्दु स्वयंसेवक सङ्घ नेपालले श्री गुरु दक्षिणा उत्सव मनाएको छ ।

उत्सव कार्यक्रमका अध्यक्ष बसुदेव प्रसाद चौधरी हिन्दु धर्म विश्वको सबैभन्दा पुरानो धर्म हो ।  हिन्दु धर्म लाई अगाडि बढाउनको लागि सङ्गठित हुनु पर्छ अनि मात्र गर्न सक्छौ । हिन्दु स्वयंसेवक सङ्घमा कुनै प्रकारको विभेद पनि रहेको छैनन् चौधरी बताउनु भयो ।

डा. विनय कुमार पाण्डे सङ्गठनको सम्पर्क प्रमुख हिन्दु हरू अधिकारको बारेमा अवाज उडाउने काम गर्दै अएकाे छ । हिन्दु स्वयंसेवक सङ्घ ले काेराेना भाइरसको संकटको वेलामा गरिब परिवारहरुलाई धेरै ठाउँमा राहत समेत वितरण गरेको छ । हिन्दुहरू लाई सङ्गठित गरेर हिन्दु धर्मको संस्कारलाई जोगाउने काम गर्दछ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य दिर्घनारायण  पाण्डेले विश्व को सबैभन्दा पुरानो धर्म भनेकाे हिन्दु धर्म नै हो । एउटा हिन्दु धर्म मात्र यस्तो हो कि कुनै पनि  धर्मको विरोध गर्दैन । हिन्दु धर्मले सबै धर्मलाई सम्मान गर्दछ ।

उत्सव कार्यक्रममा हिन्दु स्वयंसेवक सङ्घ नेपालका कपिलवस्तु सङ्घ चालक बसुदेव प्रसाद चौधरी , कार्यवाहक अध्यक्ष दिनेश चौधरी , सम्पर्क प्रमुख डा. विनय कुमार पाण्डे , राष्ट्रिय सभा सदस्य माननीय दिर्घनारायण पाण्डे , शुद्धाेधन गाउँपालिका उपप्रमुख सुधा देवी पाण्डे र अन्य व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्