सुबिन विश्वकर्मा (सुनसरी) पछिल्लो समय सुनसरीको वराहक्षेत्रमा अवस्थित वीरमाया स्मृति फाउन्डेसनले सामाजिक कार्यमा सक्रियता देखाउँदै गएको पाइन्छ । यस क्रममा संस्थाले आज (शनिवार) रक्तदान कार्यक्रम सम्पन्न गर्यो । नेपाल रेडक्रस सोसाइटी सुनसरीसँगको समन्वय तथा औलिया बाबा तथा छिनामस्ता संरक्षण मञ्चको सह आयोजनामा भएको रक्तदानमा २५ पिन्ट रगत सङ्कलन भएको फाउन्डेसनका अध्यक्ष मनोज योञ्जन तामाङले जानकारी दिए ।
उनकाअनुसार रेडक्रसलाई नियमित रगत आपूर्तिमा समस्या भएपछि संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दैनिक ४०-५० पिन्ट रगत आवश्यक पर्ने भए पनी समयमयमा रगतको अभाव पर्ने गरेको पाइन्छ । कोभिडको समयमा रगतको अभाव कसैले अकालमा मृत्यु नरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौँ, अध्यक्ष तामाङले भनेँ ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापा, उप- सभापति डम्बरप्रसास सिग्देल , वराहक्षेत्र उप- शाखा सभापति ओमकुमार शर्मा, वडा नं १ अध्यक्ष सुरेश श्रेष्ठ, वडा सदस्य सुशीला शेर्पा, ममता योञ्जन तामाङ, सुरेन्द्र तामाङ, कृष्ण कट्टेल, रमेश कार्की, अनु गुरुङ, ईश्वर थापा, लक्ष्मी मालाकार, सन्त राई, तुलसी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय आमा वीरमायाको स्मृतिमा छोराहरूले स्थापना गरेको यस संस्थाले यसअघि कोभिडको महामारीमा न्यून आय भएका, विपन्न तथा दैनिक ज्यालादारी मजदुरहरूलाई घरघरमा पुगेर खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरू वितरण गरिसकेको संस्थाका उपाध्यक्ष सुवास तामाङले जनाए । बोलमव धर्मशाला आज भएको सो कार्यक्रममा फाउन्डेशनको तर्फबाट औलिया बाबा तथा छिनामस्ता संरक्षण मञ्चलाई ५ थान कुर्सी एउटा टेबल समेत प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।