सैघाली खबर
काठमाडौं,२ फागुन
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्वोधन गर्दै हुनुहुन्छ । नयाँ सरकार गठनको पूर्व सन्ध्यामा प्रधानमन्त्रीउदेउवाले राष्ट्रको नाममा सम्वोध गर्न लाग्नुभएको हो । निर्वाचन आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद्को सूची राजनितिकदललाई बुझाए सँगै नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।
प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्वोध गर्दै नयाँ सरकार गठको लागि मार्ग प्रशस्तगर्ने उहाँ निकट स्रोतले जनाएको छ । राष्ट्रको नाममागरिने सम्वोधन, राजीनामादिने वानदिने बारेमाअहिले प्रधानमन्त्री देउवाले पार्टीका नेतासँग छलफल गरिरहनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभाको मतपरिणाम बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरुहुन्छ । संसद्मा बहुमत प्राप्त राजनीतिकदलको संसदीयदलको नेतालाई प्रधानमन्त्री बन्ने संविधान विद् डा. विपिनअधिकारीले जानकारी दिनुभयो । नयाँ सरकार गठनको लागिप्रधानमन्त्री देउवाले राजिनामा दिइरहन नपर्ने उहाँको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।