अन्तरजातीय विवाह गरेकी अर्घाखाँचीको युवतीलाई न्याय दिलाउन माइती पक्षले दिए प्रहरीमा उजुरी



बुटवलमा एक युवतीको अन्तरजातीय विवाह गरेकै कारण श्रीमानको यातनापछि आ’त्मह’त्या गर्न बाध्य भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेको छ । बुटवल ६ पूरानो बसपार्कमा कोठा भाडामा बस्दै आएकी अर्घाखाँची शितगंगाकी – २ की २१ वर्षीय सृजना सुनारले आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रहरीमा उजुरी परेको हो ।  सुनारका माइती पक्षले प्रहरीमा उजुरी दिएका हुन् ।

बिहीबार बुटवल ६ पुरानो बसपार्क सौभाग्यनगरस्थित कोठामा चुन्नीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । कु’ट’पिट गर्ने, मानसिक र शारीरिक रूपमा यातना दिने गरेको सुुसाईड नोटमा लेखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । 

सुसाईड नाेटमा श्रीमान् शितगंगा २ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीले चरम यातना दिइएकै कारण आ’त्मह’त्या गर्न बाध्य भएको उल्लेख छ । प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सृजना गर्भवती भएकी थिइन । विवाह नहुँदै गर्भ बसेपछि सुमनलाई विवाहका लागि अनुरोध गरे पनि नमानेको र पछि प्रहरीमा उजुरी परेपछि मात्रै विवाह भएको थियो ।

सृजनाका दिदी रुपन्देही कञ्चन गाउँपालिका वडा नं. १ कुचिरामा बस्ने दीपा सुनारले २३ वर्षीय सुमन क्षेत्री विरुद्ध जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनको उजुरी दिएकी छन् । ‘शुक्रवार उजुरी दर्ता गरेपछि श’व पोस्टमार्टम पछि राति मात्रै अन्त्येष्टि गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्