खोप दिई सबै तहको परीक्षा कक्षा सञ्चालन गर्न अखिल नेपाल विद्यार्थी युनियनको माग



नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी युनियनले सबै विद्यार्थीहरूलाई अविलम्ब खोप उपलब्ध गरी सबै तहका परीक्षा सञ्चालन गर्न सरकार समक्ष माग गरेको छ ।  साउन २३ गते बसेको सङ्गठनको राष्ट्रिय सम्मेलन आयोजक समितिको भर्चुअल  बैठकका निर्णय प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै उक्त सङ्गठनले इण्डो प्यासिफिक अन्तर्गतको राष्ट्रघाती एम.सी.सी.(MCC) परियोजना खारेज गर्न माग गरेको छ । सो विज्ञप्तिमा यही साउन १५ गते दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं.२ का ३० वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एस.एस.बी.ले तुइन फुकाली फुकाली दिएकाले महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति खेद व्यक्त गर्दै दोषी उपर कडा कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको उल्लेख छ । संयोजक मनिष भट्टराईद्वारा  जारी गरिएको प्रेस विज्ञप्तिमा समसामयिक मागहरू रहेका छन् :

– हालै २/२ पटक संसद् विघटन गरेको के.पी. शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भई बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार पुरानै प्रतिकृयावादी संसदीय भासमा पतन भएको सरकार भएकाले हाम्रा समस्या समाधान नहुने भएकाले हाम्रो सङ्गठन सम्पूर्ण न्यायप्रेमीहरु विद्यार्थी तथा आम जनसमुदायलाई सङ्घर्षका लागि तयार रहन आह्वान गर्दछ ।

–  इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एम.सी.सी. परियोजना साम्राज्यवादी हस्तक्षेपको नयाँ अवधारणा भएकोले यो पुरै राष्ट्रघाती र जन घाती छ। तसर्थ: हाम्रो सङ्गठन यो तत्काल खारेजी हुनुपर्दछ र यसका विरुद्ध सम्पूर्ण देशभक्त बिद्यार्थीहरुलाई संयुक्त सङ्घर्षको आँधीबेहरी सृजना गर्न आव्हान गर्दै चलिरहेको एम.सी.सी. विरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।

– यही श्रावण १५ गते दार्चुला जिल्ला,व्यास गा.पा. वडा नं २ निवासी ३० वर्षीय जयसिंह धामीको तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (SSB) ले सो तुइनको लठ्ठा खोली दिएर निज बेपता भएको घटनाबारेमा हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त रवैया अमानवीय, हस्तक्षेपकारी र राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने खालको भएकोले सरकारको ध्यानाकर्षण गराँउदै अपराधीलाई हदैसम्मको कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गर्दछ ।

– परीक्षा दिन पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएकाले परीक्षा रोक्ने नभएर कोभिड-१९ विरुद्धको खोप सम्पूर्ण बिद्यार्थीहरुलाई तत्काल उपलब्ध गराइ विभिन्न वैकल्पिक विधिहरूको उपयोग गर्दै विद्यार्थीलाई छिटोभन्दा छिटो परीक्षाको वातावरण सृजना गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।

–  आईओएम अन्तर्गतका कतिपय परीक्षा तालिका अवैज्ञानिक भएकाले गरिएको विद्यार्थी र (अनेवियू) सङ्गठनको संयुक्त सङ्घर्षको माग तत्काल पूरा गर्न हाम्रो सङ्गठन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।

– हरेक बर्ष खोलिनुपर्ने लोकसेवा आयोग लगायत विभिन्न सेवा आयोगको परीक्षा विभिन्न बाहानमा लामो समय नखुल्ने तर उमेर हद कायमै हुँदा युवा, विद्यार्थीको ठुलो अंश मर्कामा परेको छ भने त्यस क्षेत्रले दक्ष र अब्बल उमेद्वारहरु पनि छुटाउन पुगेको छ । यो समस्या तुरुन्त समाधान गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ । ।

–  किसान, मजदुर र आर्थिक रूपले विपन्न जनसमुदायका छोराछोरीलाई विशेष आरक्षणको व्यवस्था गर्न हाम्रो सङ्गठन माग गर्दछ ।

– ६० लाख भन्दा बढी युवा,जो विदेशीन बाध्य छन् ,उनीहरूलाई देशमै रोक्न राष्ट्रिय उद्योग तथा कलकारखाना स्थापना गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।

–  राष्ट्रियता, जनजीविका र जनतन्त्रसँग सम्बन्धित समस्याहरू समाधान भएका छैनन् बरु आज यी समस्याहरू झन् जटिल बन्दै आइरहेका छन् । बरु नेपाली शासक वर्गहरू बिस्तारवाद र साम्राज्यवादका सहयोगी खेताला बन्न पुगेका छन् । यस्ता प्रकारका समस्याको हल यही पुरानै प्रतिकृयाबादमा पतन भएको सामन्ती , दलाल तथा नोकर शाही पुँजीवादी संसदीय व्यवस्थाले गर्न नसक्ने भएकाले आमुल परिवर्तनको पक्षमा रहेका इमानदार क्रान्तिकारीहरूमा सङ्गठित हुन र संयुक्त सङ्घर्षमा उत्रन हाम्रो सङ्गठन हार्दिक आव्हान गर्दछ।

– हाम्रो सङ्गठन आमूल परिवर्तनका निम्ति गठन भएको रणनीतिक संयुक्त मोर्चा युगान्तकारी होस् भन्ने शुभकामनासङै विद्यार्थी सङ्गठनहरूमा पनि रणनीतिक संयुक्त विद्यार्थी मोर्चाको गठनका निम्ति सरोकारवालाहरूलाई आव्हान गर्दछ।

–  विश्वव्यापी कोरोना (जसको उपचार छैन) सँग जोगिन विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गर्दै आफ्ना घरमा रहेका सागसब्जी ,गेडागुडी र माछा मासु सेवनका लागि जोड दिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्