सैघाली खबर
काठमाडौं,२ फागुन
नेकपाएमाले र माओवादी केन्द्र बीचको पार्टी एकताका बारेमा निर्णय गर्न पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । दिउँसो दुई बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । समितिको बैठकबाट पार्टी एकताको स्वरुपकाबारेमा टुङ्गो लाग्ने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एकता पछिको पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठन लगायतका विषयआज छलफल हुनेछ । पार्टी एकताका बारेमा हिजो प्रचण्ड सँगको समझदारी पछि एमाले अध्यक्षओलीले एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवप्रदीप ज्ञवाली लगायतका नेताहरूसँग सुझावलिनु भएको थियो ।
एकता संयोजन समितिको बैठकका एजेन्डालाई अन्तिमरूप दिनअहिले बिहान पनि दुई अध्यक्षबीच छलफल हुने जनाइएको छ । वैचारिक र सैद्धान्तिक विषयमा कार्यदल मार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी यसअघि भइसकेको छ । एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाललाई वरिष्ठ नेताको मर्यादा क्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँतह सम्मको एकताको विधि, भ्रातृ सङ्गठन हरूको एकताको विधि र प्रक्रिया लगायतका विषयमा कार्यदलले गृहकार्य गर्ने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।