सरकारले बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन : प्रचण्ड



काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरूसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

 ‘सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त जिल्ला त घोषणा  तर गर्‍यो,’ उनले भने, ‘तर  त्यो घोषणालाई फलो अप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढाउन सकेन ।’ 

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याइने र उत्प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्