अन्तर्राष्ट्रिय

संसदीय चुनावमा बहुमत गुमेकोमा बेलायतमा प्रधानमन्त्री मेलेद्वारा क्षमायाचना ।।

By थाहा अनलाइन

June 13, 2017

जेठ,३०

बेलायतमा प्रधानमन्त्री थेरेसा मेले संसदीय चुनावमा बहुमत गुमेकोमा दुःख व्यक्त गर्दै कन्जरभेटिभ पार्टीका नेता र सांसदहरुसँग क्षमायाचना गर्नुभएको छ । आफ्ना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री मे ले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताउनुभएको छ । उहाँले आफनो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट पार्नुभयो । बेलायतमा हालै सम्पन्न संसद्को निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मे ले १० सीट रहेको डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहयोगमा नयाँ सरकार बनाउन लाग्नुभएको छ । ६ सय ५० सदस्यीय हाउस अपm कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सिट मात्र जितेको छ ।