प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी छन् ।
नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरिरहेका छन्। मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
आगामी असोजसम्म एक तिहाइ नागरिकलाई निःशुल्कको व्यवस्था गर्ने र चैत्र मसान्तसम्म खोप लगाउन योग्य नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्ने। यस्तै साझा न्यूनतम कार्यक्रममा ‘कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेहरूमाथि कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।