जिल्लाको शिक्षाको इतिहास लेख्न सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङलाई गुणस्तरीय शिक्षा आजको आवश्यकतामा जोड दिन अनुरोध गरिएको हो । सभामुख थापा शिक्षा बाटै राजनीतिमा आएको भन्दै पछिल्लो समय शिक्षामा ध्यानाकर्षण हुन थालेको हो ।
थापाको राजनीतिक जीवन निकै संघर्षपुण रहेको पाइन्छ । विगत लामो समय देखी शिक्षामा लगाव रहनु भएका सभामुख थापाले राजनीतिमा पनि निकै दुख कष्ट गर्नुभएको पाइन्छ । उहाँको शिक्षा जीवनीलाई नियाल्ने हो भने,लामा तोला माध्यमिक विद्यालय देखी तलकोट माध्यमिक विद्यालयको गुणस्तरलाई न्यानो नजरबाट मधुर दृश्यमा अवलोकन गर्न सकिन्छ ।
शिक्षाको क्षेत्रलाई हेर्ने हो भने,जिल्लाको दुर्गम गाउँपालिका तलकोटलाई सभामुख थापाको रैथाने शिक्षाको थलोको रूपमा स्थानीयहरूले नियाल्दै आइरहेको पाइन्छ । खप्तड छान्ना गाउँपालिका देहली घर भए पनि तलकोटमा उहाँले गरेको योगदान अविस्मरणीय रूपमा रहेको पाइन्छ । थापाले तलकोटको शिक्षा मात्र हैन त्यहाँको रहन सहन खानपान समाजमा देखा परेका सामाजिक समस्याको समाधान गर्दै समाज रूपान्तरणको एक परिकल्पना गरेको पाइन्छ । थाहा अनलाइन सँग कुराकानी गर्दै उहाँले भन्नु भयो म तलकोटमा जाँदा निकै समस्या थियो, लामो बाटो हिड्नुपथ्यो धेरै स्थानमा बास बस्नुपर्ने अवस्था उत्तिकै आउँन्थ्यो, म तलकोटमा पढाउन पादाको कुरा गर्नुहुन्छ भने, महिला दिदीबहीनीहरुले ओड्नाको गादो पार्नु हुनथ्यो पुरुष धेरै जस्तोको कपडा हुँदैन थियो पातलो सेतो वेरेर जानुपर्ने बाध्यता थियो ।
शिक्षा क्षेत्रमा निकै राम्रो योगदान देखिएका थापाले नेकपा एमाले बझाङ जिल्लाको नेतृत्व हाँक्ने जिम्मेवारी पनि पर्याप्त गर्नुभएको थियो । एमाले जिल्लाको स्थापक हुन भन्ने चर्चापनी चल्छ । उहाँले शिक्षाको लगाव सँगै राजनीति बिनको मोडलाई अगाडी बढाउँदै पछिल्लो समय सुदूरपश्चिम प्रदेशको सभामुख बन्न सफल हुनुभएको हो । हाल सुपका सभामुख थापाले आफ्नो गृह जिल्लाको शिक्षाको पुरानो रणनीति र पहिलाको शिक्षाबारे जिल्लाका १२ वटै स्थानीय तहलाई आग्रह गर्नु भएको छ ।
केही समय अगाडी मात्रै तीर्थ प्रसादको यात्रा नामक किताब सार्वजनिक गर्दै पुरुषकृत हुनु भएका उहाँले समग्र जिल्लमा रहेका गाउँपालिका गाउँ गाउँ वडा वडा बस्ती बस्तीहरूमा शिक्षा कस्तो छ र अहिले शिक्षा कस्तो भएको छ । जान्नको लागी र समाजमा कुन व्यक्तिले कहिले कहाँ कसरी पास गरेको भन्ने नामा ठेगाना थाहपाउँन र इतिहासमा छोरा नातिले थाहा पाउनको लागी यस्तो किताब निकाल्ने योजना बनाउनु भएको पाइन्छ । जिल्लामा रहेका सबै स्थानीय तह टोल टोलमा शिक्षाको विषयमा लेख्न सबै लागेको बताउँदै अव चाडै कतिाव सार्वजनिक हुने उहाँको भनाई छ । फेरी हामी सँग कुराकानी गर्दै सभामुख अर्जुन बहादुर थापाले भन्नु भयो, आ आफ्नो स्थानीय तहको किताब छाप्ने जिम्मा गाउँपालिका नगरपालिकाले गर्नु पर्ने र सिङ्गै जिल्लको किताब छाप्ने जिम्मा आफूले लिने उहाँको भनाई हरेको छ । सबैलाई बझाङ जिल्लको शिक्षाको इतिहास लेख्न सहयोग गर्न आग्रह गर्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।