राप्तीको ९ नं वडामा क्रियाशील सदस्यहरूसँग छलफल



नेपाली काग्रेशको १४ औ महाधिवेशनको तयारीका लागि राप्ती गाउँपालिकाको वडा नं ९ मा क्रियाशील सदस्यहरूसँग छलफल गरिएको छ ।

नेपाली काग्रेश वडा नं ९ का सभापति तेज बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा कार्यकर्ता तथा क्रियाशील सदस्यहरुद्धारा पार्टीको १४ औ महाधिवेशनको तयारी बारे छलफल गरिएको हो ।

जिल्ला सदस्य हरि भुसाल, युवा नेता विष्णु बहादुर घर्ती क्षेत्री, विद्याशरण चौधरी, खोपेन्द्र ज्ञवाली, कुलराज जैसी, तीर्थराज ज्ञवाली लगायतको सहभागितामा भएको छलफलमा महाधिवेशनको तयारी तथा नेपाली काँग्रेसको विधानमा उल्लेख गरिएका प्रमुख विषयका बारेमा जानकारी गरिएको थियो ।

छलफलमा स्थानीय नेपाली काँग्रेसको सांगठानीक अवस्था, नेता कार्यकर्ताको साथ सहयोग, कार्यकर्ता भेटघाटको अवस्था, देविकोट, मुस्लीम टोल, बरडाडा, रुपाकोट, घोसखोला, जावुने, सल्ले लगायतका स्थानमा काँग्रेसका कार्यकर्ताको सक्रियता तथा कार्यकर्ताको नेपाली काँग्रेस प्रतिको झुकाव बारे रेशम चुहान, गोपाल मिया, शिर बहादुर कार्की, निम बहादुर भट्टराई, शर्मा कुमारी कार्की, सालीक राम कवर योगी लगायतले जानकारी गराउनु भएको थियो ।

वडा नं ९ का क्रियाशील सदस्य तथा साधारण सदस्यहरूलाई सम्बोधन गदै युवा नेता विद्याशरण चौधरीले आगामी १४ औ अधिवेशनमा राप्ती गाउँपालिकाको सभापतिमा आफ्नो उम्मेदधारी घोषणा गरेको बताउँदै पार्टीलाई बलियो र लोकप्रिय बनाउन आफू सक्रिय रहेको र नेपाली काँग्रेसका भातृ सङ्गठन तथा शुभेच्छुक संस्थाहरूको सक्रियतालाई जोड दिनु आवश्यक रहको बताउनु भएको छ ।

चौधरीले विगत देखी आफूले कार्यकर्ताको हितका लागि स्थलगत रूपमै काम गर्दै आएको तथा सामाजिक कार्यमा समय दिएको बताउँदै कोठे राजनीति नगर्न पार्टीका नेताहरूलाई आग्रह गर्नु भएको छ ।

वडा नं ९ का क्रियाशील सदस्य तथा साधारण सदस्यहरूलाई सम्बोधन गदै युवा नेता विष्णु बहादुर जिसीले नागरिकको मन र मत जित्न नागरिकको दुख सुखमा साथ दिनु पर्ने बताउँदै नेपाली काँग्रेस राप्ती लाई बलियो बनाउन आफू परेको बत्ताउनु भएको छ ।  

नेता जिसीले आफू नागरिकको हरेक सुख दुखमा साथै रहेको बताउँदै आगामी पार्टीको अधिवेशनमा विद्याशरण चौधरीलाई सर्व सम्मत रूपमा राप्ती गाउँपालिका पार्टी सभापति बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

छलफलकै क्रममा युवा नेता तथा जिल्ला सदस्य हरि भुसालले आगामी अधिवेशन नेपाली काँग्रेस पार्टीलाई जनताको मनमा बसाल्न तथा पार्टीको नेतृत्वमा जन प्रेमी लोकप्रिय नेतालाई नेतृत्वमा ल्याउन गरिने भएकोले क्रियाशील सदस्यहरूले लोकप्रिय त्यत्तिलाई नेतृत्वमा ल्याउन पहल गर्नु पर्ने बताउनु भएको छ ।

युवा नेता भुसालले कसैका आर्शिवाद पाएका, एकल निर्णयमा उम्मेदधारी दिएका, कोठे बैठकमा सीमित भएका, विरासतमा आउन चाहेकालाई कदापि नेतृत्वमा आउन नदिइने बताउनु भएको छ ।

क्रियाशील सदस्य तथा साधारण सदस्यहरूको छलफलले आगामी अधिबेशको लागि वडा नं ९ को टोल कार्यसमिति, वडा कार्यसमिति, गाउँपालिका तथा क्षेत्रीय प्रतिनिधिका लागि सर्व सम्मत रूपमा नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्