कृषि बालीमा मलको प्रयोगका बारेमा सचेत बन्नु पर्ने



मसुरीया(देउखुरी दाङ)। राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकलाई सचेत बन्न अनुरोध गरेको छ ।

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका कृषि विकास शाखाका कृषि विकास अधिकृत महेश अधिकारीले कृषि बालीमा मलको प्रयोगका बारेमा एक सूचना मार्फत कृषकलाई सचेत बन्न अनुरोध गर्नु भएको हो ।

कृषि विकास अधिकृत महेश अधिकारीले कृषकले विभिन्न बालीमा अनियन्त्रित रासायनिक मलको प्रयोग गर्दा माटोको उर्वरा शक्त्ति घट्दै जाने भनी सजग रहन अनुरोध गर्नु भएको हो ।

कृषि विकास अधिकृत अधिकारीले सकभर रासायनिक मल प्रयोग गर्नु भन्दा कम्पोस्ट मल, गोवर मल प्रयोग गर्न कृषकलाई अनुरोध गर्दै राप्ती गाउँपालिका क्षेत्र भित्रका केही कृषकहरूले विभिन्न बालीमा रासायनिक मल प्रयोग गर्दा युरिया, डी. ए. पी र पोटासको मात्रा नमिलाई जथाभाबी युरिया मल मात्र प्रयोग गर्ने गरेको पाइएकोले यस बाट भविष्यमा माटोको उर्वरा शक्त्ति  ह्रासभै माटो विग्रन जाने र केही वर्ष पछि उत्पादन नै नहुने सम्भावना देखिएकोले रासायनिक मल प्रयोग गर्दा विभिन्न बालीमा बाली विशेष अनुसार मात्रा मिलान गरी डी.ए.पी, युरिया र पोटास तिनै थरी मल खाद प्रयोग गर्नुपर्ने बताइएको छ ।

कृषकले कृषि प्राविधिकको सल्लाह अनुसार मलको प्रयोग गर्दा उत्पादनमा वृद्धि ल्याउन सकिने भन्दै पाएक पर्ने कृषि प्राविधिक सँग राय सुझवलिन समेत अनुरोध गरिएको छ ।

राप्ती क्षेत्रका कृषकहरूले थप जानकारीको लागि गाउँ पालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न वा  कृषि प्राविधिक सहायक बरसाति गडरीया को मोबाइल नं ९८६५५९७८४७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्