‘प्रालि र टेम्पोबीच एकीकरण भएको भन्ने हल्ला हो’



सैघाली खबर,
तुलसीपुर २ फागुण ।

अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि र तुलसीपुर अटो टेम्पोबीच एकीकरण भएको भनी गलत हल्ला फैलाएको भन्दै प्रालिले आपत्ति जनाएको छ । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालिले एकीकरण भएको हल्ला गलत भएको जनाएको हो । प्रालि आफैमा आत्मनिर्भर भएको अबस्थमा केही ब्यक्तिहरुले अटो टेम्पोसंग एकीकरण भएको भन्ने हल्ला फैलाएको भन्दै एक बिज्ञप्ति जारी गरि आपत्ति जनाएको छ ।

 

प्रालिका अध्यक्ष गम्मरचन रोकाले एक बिज्ञप्ति जारी गरि तुलसीपुर क्षेत्रमा बैद्यानिक रुपमा सञ्चालन भएको प्रालिले अरु संग एकीकरण गरेको भनी फैलाएको हल्लाका पछि नलाग्न सम्पुर्ण व्यबसायी तथा सम्बिन्धत निकायलाई अनुरोध गरेका छन् । अटो रिक्सा चालकहरुको पेशाको सुरक्षा र व्यबसायीक हक हितका लागि प्रालिले आवाज उठाउँने एक मात्र संस्था भएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्