कपिलवस्तुको तौलिहवाले २५ गतेबाट लेखापढी बन्द गर्ने निर्णय



कपिलवस्तु । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियन कपिलवस्तुको तौलिहवाले २५ गतेबाट लेखापढी बन्द गर्ने निर्णय लिएको छ  ।

गत बिहीबार सेवाग्राही र लेखापढी बिच भएको विवाद कारण बन्द गर्नै निर्णय लेखापढी  एशोसियन कपिलवस्तु तौलिहवाले  जनाएको छ । सेवाग्राही बिक्रम बेलबासे र लेखपढि सदस्य दीपेन्द्र पाण्डेय बिच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी पाण्डेलाई बिना कारण प्रहरी हिरासतमा पु¥याएको विरोधमा मालपोत कार्यालयमा हुने सबै लेखापढी बन्द गर्ने निर्णय कपिलवस्तु तौलिहवा  लेखा समिति कपिलवस्तुको अध्यक्ष विष्णु प्रसाद मौरयाले जानकारी दिनु भयो । 

अनलाइन सेवा ( भू सेवा ) सुचारु भएपछि काम ढिलाइ भएको कारण सेवाग्राही बेलबासे र लेखापढी सदस्य पाण्डेलाई बिच हातपात भएको थियो । प्रहरीले एकपक्षीय कुरा सुनेर लेखापढी व्यवसायीलाई पक्राउ गरी हतोत्साहित गरेर थुनामा राखेकाले बाध्य भई सेवा बनद गर्नु परेको लाई मात्रै बन्द गरेको कारण सम्पूर्ण लेखापढी बन्द गरेको लेखापढी कानुन व्यवसायी एशोसियन अध्यक्ष पाण्डेले बताए । 

साथै हामी मेलमिलापको पक्षमा रहे पनि प्रहरीले एक पक्ष पाण्डेलाई थुनुवामा राखेको कारण २५ गतेबाट बन्द गर्न निर्णय पाण्डेले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्