वर्षौँदेखि थन्केको सवारीसाधन लिलाम हुँदै



जनकपुरधाम । धनुषा स्थित जिल्ला भन्सार कार्यालयको परिसरमा पाँच वर्षदेखि थन्किरहेको सवारी साधनको लिलामी प्रक्रिया थालिएको छ । करिब सात सयको सङ्ख्यामा रहेका मोटरसाइकल, जिप, ट्र्याक्टर, ट्याम्पोलगायत सवारी साधन लिलाम गर्न लागिएको कार्यालय प्रमुख प्रमोद दासले जानकारी दिए ।

विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामदतथाचोरीकाती सवारी साधनहरू समय मालिला मीहुनन सक्दा खिया लागेर नासिँदै थियो ।

लामो समयदेखि कार्यालय परिसरमाथन्केको मध्ये अधिकांश सवारीसाधन पानी र घामले कामै नलाग्ने गरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुने गरी तत्काल लिलामी प्रक्रिया थालिएको कार्यालय प्रमुख दासले बताए ।

भन्सार छलेर सामान ल्याउने, नियम विपरीत लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरू जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।

लिलामीप्रक्रिया झन्झटिलो हुने हुँदा अघिल्ला कार्यालय प्रमुखहरूले पहल नगर्दा वर्षौँदेखि सवारीसाधनहरू कार्यालय परिसरमाथन्केका छन् ।

उक्त सवारी साधन लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको हो । यसकालागि सवारी साधन लिलाम सम्बन्धी सूचना सोमबार गोरखापत्रमा प्रकाशित गरिसकेको दासले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्