हिजोको दिनमा पानी नचल्ने समुदायबाट पण्डित नियुक्त हुँदा खुसी लागेको छ: दलित पण्डित रम्तेल



ललितपुरको गोदावरी नगरपालिका-१, गोदामचौरका लक्ष्मण रम्तेल अहिले स्थानीय गणेश मन्दिरमा पुजारी भएका छन् । पण्डित दीनबन्धु पोखरेलले पण्डित दिनबन्धु पोखरेलले गत साउन २ गते उनलाई मन्दिरको पुजारी घोषणा गरेका थिए ।

त्यो लगत्तै सामाजिक सञ्जालमा पण्डित दिनबन्धुको यो कार्यलाई धेरैले प्रशंसा गरेका छन् भने मिडियाले पनि पछाइरहेको छ । दिनबन्धु लगायतका स्थानीय र विभिन्न सघ संस्थाका प्रतिनिधिहरूले सामूहिक कार्यक्रमबाट नियुक्त भएका पण्डित सोही गाउँका लक्ष्मण रम्तेल सार्की हुन ।

आफूले पहिलेबाट नै मन्दिरको रेखदेख गर्दै आएको र स्थानीय सबैले रम्तेल पुजारी हुँदा कसैको आपत्ति नरहेको बत्ताउँछन् । स्थानीय गैर दलित युवाहरूले रम्तेलको हातबाट टीका ग्रहण गर्दै अबको समाज जातीय छुवाछूत र विभेद मुक्त हुनुपर्छ , मानिस जातले सानो ठुलो हुँदैन यस्ता घृणित सोच हामीले राख्नु हुँदैन , शिल्पी समुदायबाट पण्डित हुँदा झनै समाजको लागि उदाहरण बनेकोमा खुसी व्यक्त गरे । गोमाम चौरबाट सिक्नु पर्छ अब हरेक मन्दिरमा दलित समुदायबाट पण्डित राखिनु पर्छ।

पण्डित रम्तेलले भने हिजोको दिनमा पानी चल्दैनथ्यो आज आफै पण्डित हुन पाउनु खुसीको कुरा हो । मलाई कुनै विभेद छैन सबैले स्वीकार गर्नु भएको छ। आफू पण्डित नियुक्त भएकोमा खुसी व्यक्त गरे ।

आइतबार रम्तेलको हातबाट टीका थाप्न डाक्टर गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, सुजना महर्जन, प्रकृति भट्टराई लगायतको टोली गोदामचौरको गणेश मन्दिर पुगेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्