सप्तरीको खुरुङ्गानगरपालिका ७, पोखरीयताकी २० वर्षीय ज्योति पासवानले झुन्डिएर आ’महत्’त्या गरेकी छिन् । स्थानीय एक युवक कृष्णा कुमार मिश्रसँग उनको प्रेम सम्बन्ध मात्र थिएन कि उनलाई फाल्गुनमा घरबाट भगाएर विवाह गरी केही दिन लहानको एक होटेलमा राखेर यौन शोषण पनि गरे ।
त्यसपछि युवा उनलाई होटेलमा छोडेर फरार भए । त्यसपछि युवतीले आफ्नो घरमा फोन सम्पर्क गरी आमा बुवालाई बोलाएर सबै वृत्तान्त बताइन् । त्यसपछि नजिकै लहान प्रहरीमा उजुरी परि गरिन । तर, कम उमेरको कारण प्रहरीले युवतीलाई आमाबुवाकै जिम्मा लगाए ।
केटी दलित जातिमा पर्ने पासवान दुसाध जातकी थिइन भने केटा तराईको बाहुन मिश्र थरका थिए । जातकै कारण उनीहरूको केही समय माया त मिल्यो तर जात मिलेन । ´जातकै कारण युवक फरार भएको` समाजसेवी ललिता दासले बताइन् । युवती शनिवार २३ गते घर नजिकै मानसिक तनावमापरी रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन् । समाजसेवी ललिताले थपिन, सम्बन्धित निकायले घटनाको सत्य तथ्य छानबिन गरी युवकलाई अविलम्ब प’क्राउन गरी हदैसम्मको कारबाही गरियोस्, र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था गरियोस्, नभए हामी आन्दोलित हुन्छौँ ।
जात व्यवस्था कति नजिर बन्दै गएको छ कि नयाँ युवा पीढीलाई समेत मृत्युको मुखमा पुर्याउने गरेको छ । उति बेलाको जात व्यवस्थाले न त स्वाभाविक मानवीय प्रेमलाई स्विकार्न सकिरहेको छ न त सामाजिक अवस्थाले । यसकै उदाहरण हुन् सप्तरी खुरुङ्गा नपा ७, पोखियाकी २० वर्षीय युवती ज्योति पासवानलाई स्थानीय युवक कृष्णा मिश्रले प्रेम जालमा पारेर फाल्नुमा भगाउँछन् । विवाह गरेर केही महिना लहानको एक होटेलमा राख्छन् ।
यौँ’न शोषण गर्छन् । त्यसपछि सोही होटेलमा उनलाई छोडेर युवक फरार हुन्छ । युवती आफ्नो घरमा फोन गरेर बुवा आमालाई बोलाउँछन् । प्रहरीलाई खबर हुन्छ । तर, युवतीको कम उमेर भएको कारण प्रहरीले आमाबुवालाई नै जिम्मा लाउँछन् । मानसिक तनावले हिजो २३ गते युवती घर नजिकै एक रुखमा झुन्डिएर आ’त्मह’त्या गरेकी छिन् । घ’ट’नाको सत्य तथ्य छानबिन गरी दोषी युवकलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था माग स्थानीयहरूले गरेका छन् । हामीनेपाल.कमबाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।