पूर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस सांसद गगन थापाले परीक्षा सञ्चालनमा सरकारले एकरूपता नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरू परीक्षा भने नरोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित, तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।