काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका- १ इमाडोलबाट संरक्षित वन्यजन्तु जीवित भैंसेगोहोरोसहित ३ जनालाई आइतबार प्रहरीले प’क्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ थाँक्रे गाउँपालिका-५ नौबिसे दाम चौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैँसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोसी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् । उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त ब्युरोले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।