पाकिस्तानमा हिन्दुहरूको मन्दिरमा भएको तोडफोड प्रति नेपाल मानव अधिकार सङ्गठनको गम्भीर ध्यानाकर्षण



पाकिस्तानको पन्जाब प्रान्तस्थित भोङ बजारमा रहेको हिन्दुहरूको गणेश मन्दिरमा बिहीबार भएको तोडफोड घटना त्यहाँ रहेका हिन्दुहरू माथि हुने ज्यादतीका बारेमा नेपाल मानव अधिकार सङ्गठन गम्भीर ध्यानाकर्षण भएको छ । पाकिस्तानमा भएको उक्त घटनाको न्यायिक जाँच का लागि नेपाल स्थित रहेको पाकिस्तान दूतावास मार्फत पाकिस्तान सरकारसङ माग गर्दै सूचना जारी गरेको छ ।

मन्दिर तोडफोड घटनाका दोषीहरू सामान्य तारिखमा रहिम यार खान स्थानीय कोर्टले छोडेको प्रति सङ्गठनले आपत्ति जनाएको हो l हिन्दु धर्मावलम्बीहरू समेत शान्तिपूर्ण तरिकाले आफ्नो धर्म संस्कृतिको अवलम्बन गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता अनुसार मानवलाई बाच्ने अधिकार दिनु पर्ने हुन्छ । पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनविरुद्ध कडा कदम उठाउनु पर्ने सुझाव दिएको छ ।

पाकिस्तान अल्पसङ्ख्यक रूपमा रहेका पाकिस्तानी हिन्दुहरू आए दिन कुनै न कुनै घटना घटी रहेको हुन्छ त्यसका प्रति पाकिस्तान सरकार सचेत हुनु पर्छ । देशमा जुनले पनि आफ्नो बाच्ने मानव अधिकारको अनुभूति गर्न पाउनु पर्ने सङ्गठनले माग गरेको छ । न्यायिक छानबिन नगरेमा मानव अधिकार सङ सम्बन्धित अन्तर्राष्ट्रिय कोर्ट मा यो मुद्दा उठाउन जरुरी हुने छ ।

सयौँको सङ्ख्यामा आएका मुस्लिम समुदायका युवाले मन्दिर तोडफोड गरी त्यहाँ रहेका हिन्दुको घरमा तनावग्रस्त बनाउने ब्यक्तीलाई तत्काल कानुन कठघरामा उभ्याउनु पर्ने स्थानमा त्यहाँको स्थानीय अदालतले सामान्य तारिखमा छोडेर अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको छ । अहिले त्यहाँको स्थिति बारेमा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जानकारी आउन जरुरी रहेको छ ।

नेपाल मानव अधिकार सङ्गठनको तर्फ महामुनेश्वर आचार्यले जारी गरेको विज्ञप्तिमा छिटो भन्दा पीडित लाई न्याय दोषी तत्काल कानुनको कठघरामा उभ्याउनु पर्ने समेत माग गरेको छ । साभार एसीपी न्यूज़ नेपाल डटकम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्