महेश सिंह सिराहा लहान २६ श्रावण – सिराहाको लहानमा राज्यको सेवा सुविधाबाट बंन्चिती करणमा परेका परिवारलाई नेपाल परिवार दलद्वारा राहत सहयोग गरेका छन्। नेपाल सरकारको पूर्व शान्ति तथा पुनः निर्माण मन्त्री एवं हाल नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा प्रदेश नम्बर २ का सम्पूर्ण जिल्लाहरुमा अति बिपन्न परिवारलाई राहत सहयोग गरेका छन्।
सिराहाको लहानमा नेपाल परिवार दलका केन्द्रीय सदस्य तथा महिला अधिकार कर्मी रिता महतोको नेतृत्वमा राहत स्वरूप २५किलो चामल,२ किलो दाल,२लिटर खाने तेल,१किलो चिनी,५ किलो पिठो,५०० सय ग्राम सब्जी मसला,२पिस नुहाउने साबुन गरी प्रति व्यक्ति खाद्य यान लहान, गोल बजार लगायत ३५ घर धुरीलाई राहत सहयोग गरेका नेपाल परिवार दलका पार्टी प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो।
राहत वितरण कार्यक्रममा मुक्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देश श्याम कुमारी साह,उतिम लाल मेमो रियल अस्पतालका सञ्चालक डाक्टर सुशीला सिंह महिला अधिकार कर्मी शान्ति पासवान पत्रकार महेश सिंह पार्टीका केन्द्रीय सदस्य सन्तोष साह समाज सेवी दीपेन्द्र कर्ण,ब्रहमदेब महतो इन्द्र्देब महतो लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
राहत वितरण कार्यक्रममा केन्द्रीय अध्यक्ष एकनाथ ढकालका अनुसार नेपाल परिवार दल संविधान निर्माण गरेको पार्टी हो। हाम्रो पार्टी देशको हरेक दुःख कष्टमा भाग लिँदै अगाडि बडेको पार्टी मध्ये एक हुन्। हाम्रो पार्टी समताको पक्षधर पार्टी पनि हो केन्द्रीय अध्यक्ष ढकालले बताए।हाम्रो पार्टीले युनिभर्सल पिस फाउन्डेसन र अरू विभिन्न संस्थाहरूको सहयोगमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएका छन्।
आफूले प्रेम स्वरुप सानो राहत लिएर सहयोग गर्न सिराहाको लहान आएको छु हजुरहरूले उक्त राहत स्वीकार गर्नु हुन्छ भन्ने मेरो विश्वास छ भन्दै नेपाल एउटा घर हो हामी सबै नेपालीलाई एक अर्कालाई सहयोग गर्नु पर्छ बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।