जंग बहादुर रेउले,
घोराही, २ फागुन । सरकारी सेवा निःशूल्क हो । सेवा पाउँनु मानिसको मौलिक अधिकार हो । र, कर्तव्य पनि हो । हरेक मानिसको इच्छा छिटो र निःशुल्क सेवा प्राप्त गर्न आतुर हुन्छन् ।
तर, घोराहीको सहिद गेटमा नजिकै रहेको निखिल फोटोकपीका सञ्चालक राजेन्द्र चौधरीले नेपाल टेलिकमबाट पाउँनुपर्ने सेवा प्रति गुनासो रहेको बताका छन् । उनले भने–‘मेरो ४ वटा टेलिफोन एकै साथ बिग्रियो । ’तर, फोन बिग्रिएपछि बनाउँको लागि नेपाल टेलिकममा करिब १०÷१५ सम्पर्क गर्दा पनि बेवास्था गरेको गरेको उनको भनाई थियो । ‘ फोनको बेवास्था गरेपछि म स्वयम ४÷५ पटक कार्यालयमा गएर नै गुनासो गरे उनले भने ।’ तर, उनले कार्यालयका कर्मचारीहरुलाई सोध्दा– यो हाम्रो शाखा मा होइन् , उ त्यो प्राविधिक शाखा मा हो र उतै गएर बुझ्नुस भन्ने जवाफ पाएको बताए । र, त्यसपछि पटक–पटक कार्यालय प्रमुख लाई भेट्ने भनि कार्यकक्षमा जाँदा पनि खाली कोठालाई हरेर चित्त बुझाएको उनको दुःखद भनाई व्यक्त गरे ।
उनले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई पनि कहियौ पटक गुनासो गरेको र उनीहरुले पनि हुन्छ–हुन्छ भन्दै आलोपालो गरेको बताए । उनले भने –‘ फोन बिग्रिएको करिब ६÷७ महिना जति भयो । तर, लामो समयपछि बल्ल २ वटा फोन बनेका छन् ।’ उनले भने–‘ टेलिफोनको तारा समस्या रहेछ । तर, एउटा फोन मर्मत गर्दा ५०० सय शुल्क लाग्यो र २ वटाको १ हजार शुल्क तिरे ।’ अब थप २ वटा फोन बनाउँ बाँकी छ , तर कहिले बन्ने हुन् त्यसमा म आफै अन्यवलमा छु । फोन नबेनेको हुँनाले बिल पनि तिरेको छैन् । फोन बनेपछि बिल तिर्ने हो उनले भने । टेलिफो बिग्रिएपछि काम गर्नमा धेरै समस्या आईपरेको उनले बताए ।
त्यस्तै नेपाल टेलिकम कार्यालयमा मर्मत सम्भार देखि लिएर दैनिक कार्यसम्पाद सम्बन्धी क्रियाकलापमा आलोपालो रहेको सोही कार्यालयका एक जना कर्मचारीले आफ्नो नाम नखुलाउँने सर्तमा यस्तो जानकारी दिएका हुन् । उनले भने– ‘ कार्यालय भित्र राजनीतिकरण रहेको छ ।’ कार्यालयमा राजनीतिक बिचार बिपरित भएका कर्मचारीहरुलाई असमान व्यवहार भइरहेको छ । भने, सेवाग्राहीहरुलाई पनि सेवा दिने क्रममा पनि आफ्नो निकटको ग्राहकलाई छिटो काम गरिदिने र प्रतिपक्ष भए काम नै नगरिदिने सम्मका गतिविधिहरु कार्यालयमा हुने गरेको उनको भनाई थियो ।
‘ सेवाग्रहीहरुका गुनासाहरु धेरै आउँछ । तर, गुनासोको हेरफेर भने पटक्कै हुँदैन् उनले भने । ’ कार्यालयका कर्मचारीहरुको सेवाग्राही प्रतिको सहयोग शुन्य मात्रामा रहेको र आफु खशी निर्णयहरु गर्ने गरेको उनको भनाई थियो ।
उनले भने–‘ कार्याल भित्र कार्यालय प्रमुखले जे चाह्यो, त्यही हुन्छ ।’ र, अरु कुनै पनि कर्मचारीहरुले आफ्नो समस्या उल्लख गर्न पनि पाउँदैन । कार्यालयमा २ वर्षको अवधिमा मुस्किलले १÷२ पटक बैठक भएको उनले बताएका थिए ।
नेपाल टेलिकम कार्यालय प्रमुख सन्तोष शर्माका अनुसार अहिले उक्त समस्या नरहेको बताएका छन् । सेवाग्राहीहरुको गुसानाहरु आएको १÷२ दिनमै समाधान भएको र कार्यालयमा पनि उपयुक्त वातावरणमा कर्मचारीहरुले काम गरीरहेको उनको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।