राप्तीमा शारीरिक अङ्ग वा प्रणालीमा समस्या भएकाहरूलाई सम्पर्कमा आउन आव्हान



मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिका अपाङ्ग समन्वय समितिको बैठकले सबैखाले शारीरिक अङ्ग वा प्रणालीमा समस्या भएकाहरूलाई सम्पर्कमा आउन आव्हान गरेको छ ।

राप्ती गाउँपालिका उपाध्यक्ष तथा अपाङ्ग समन्वय समिति संयोजक जगदम्बा कुमारी चौधरीको अध्यक्षतामा बसेको नियमित बैठकले राप्ती क्षेत्रमा रहनु भएका शारीरिक अङ्ग वा प्रणालीमा समस्या भएकाहरूलाई परिचय पत्र लिई विभिन्न सेवा सुविधा प्राप्त गर्न आव्हान गरिएको छ ।

राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख प्रशासकीय असधकृत शोभाराम रिजाल, चिकित्सक द्वय रेगन सिंङथापा, पुष्प भुसाल लगायतको सहभागिता रहको थियो ।

अपाङ्ग समन्वय समितिको बैठकले हालको कार्यसमितिको पदावधि सम्पन्न भएकोले कार्यसमिति हेरफेर समेत गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची दफा ३ को उपदफा १ सँग सम्बन्धित रहेर कार्यसमिति गठन गरिएको हो ।

बैठकले राप्ती क्षेत्रमा रहनु भएका शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तस्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता तथा बहु अपाङ्गता भएकाहरूले वडा कार्यालयमा सम्पर्क गरी चिकित्सकको सल्लाह अनुसार अपाङ्गता बगीकरण पहिचान गर्न अनुरोध गर्दै अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण रहे बमोजिम गाउँपालिका बाट परिचय पत्र  र सेवा सुविधा लिन सकिने बताइएको छ ।

जसमा पूर्ण अशक्त अपाङ्गतामा आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रूपमा अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति, अति अशक्त अपाङ्गता वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रूपमा अरूको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति, मध्यम अपाङ्गता भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरूको सहयोग लिई वा नलिई नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति, सामान्य अपाङ्गता सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति गरी बगीकरण समेत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्