काठमाडौँ । सभामुख अग्नि सापकोटाले दार्चुला घ’ट’नाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् ।
उनले आफ्नो पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे प्रतिनिधिसभा जानकारी गराउन रुलिङ गरेका हुन् । ‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ । यसमा मेरो पनि ध्यानाकर्षण भएको छ । महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’
गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि धामी बेपत्ता भएका हुन् ।
सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधवार सम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।