कैलालीमा एक वडाध्यक्ष अवैध हतियारसहित प’क्राउ परेका छन् । जिल्लाको कैलाली गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित प’क्राउ परेका हुन् ।
सोमबार राति कैलालीको गौरीगङ्गा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जिप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ ।
जिपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रूपक मल्ल र कैलाली गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । ।
उनीहरूको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष चौधरी यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए। वनसम्बन्धी मुद्दामा उनी महिनौँ दिनसम्म फरार थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।