काठमाडौँ । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
अत्यावश्यकका सवारीसाधन भने यथावत् रूपमा सञ्चालन हुनेछन्। निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ । कोभिड–१९ भाइरसको सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।
पछिल्लो दिनमा मुलुकमा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। विज्ञहरूले कोरोनाको तेस्रो लहर देखिएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।