पृथ्वी राजमार्गको कुरिनघाटमा मोटरसाइकल दु’र्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते



चितवन । चितवनको कुरिनटारमा मोटरसाइकल दु’र्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घा’इते भएका छन् ।आज (मङ्गलवार) दिउँसो १२ः३० बजेको समयमा ईच्छाकामना गाउँपालिका–३ कुरिनटारमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा एक जना मोटरसाइकलमा चालकको मृत्यु भएको छ भने त्यसमा सवार २ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छा कामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिङतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो । पोख्रेललाई उपचारको लागि भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा पठाइएको भए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा बा६४प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर कौवादुङमा गाउँ पालिका–४ का २४ वर्षीय सन्दीप बस्नेत र सोही ठाउँ बस्ने २१ वर्षीय जय कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्