चलचित्रकर्मीलाई राहत दिन भन्दै विकास बोर्डले सरकारसँग माग्यो ५० करोड



काठमाडौँ । चलचित्र विकास बोर्डले सरकारसँग ५० करोड मागेको छ । चलचित्रकर्मीलाई राहत दिन भन्दै बोर्डले सरकारसँग उक्त रकम माग गरेको हो । कोरोनाका कारण लामो समय ठप्प रहेको चलचित्र उद्योगका चलचित्रकर्मी लगायत चलचित्र घरलाई पनि राहत दिनु पर्ने बोर्डले जनाएका छ ।

प्रदर्शन हुन बाँकी रहेका फिल्म, बन्द रहेका सिनेमा घर र प्राविधिकलाई राहत दिन उक्त रकम माग गरिएको बोर्ड सदस्य प्रकाश भट्टराईले बताउनु भयो ।
प्रदर्शन रोकिएका फिल्मलाई १५ करोड, फिल्म हललाई ३० करोड र श्रमजीवी फिल्मकर्मीको लागि भन्दै बोर्डले ५ करोड रुपैयाँ राहत मागेको हो । बोर्डका अनुसार ३४ फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छन् ।

बोर्डका अनुसार ११८ हल महामारीको कारण बन्द छन् । बजेटमा फिल्मबारे उल्लेख भए पनि त्यो पर्याप्त नभएको भन्दै बोर्डले सरकारसँग राहतको माग गरेको हो । त्यसै गरी बोर्डले न्यून आय भएका श्रमजीवीको दैनिक जीवनयापनका लागि राहत घोषणा गर्न भन्दै ५ करोड माग गरेको हो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्