देउता चढेको भन्दै श्रीमानले सुत्केरी श्रीमतीमाथि तातोपानी खन्याए



दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका– ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरी पत्नी हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।

गत बिहीबार राती मदिरा सेवन गरेर घर पुगेका दीपकले आफूलाई देउता चढेको भन्दै सुत्केरी पत्नीको जिउमा तातो पानी खन्याए । हस्तना चार महिनाकी सुत्केरी रहेको बुभिएको छ ।

हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको छ। उनको जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ । श्रीमतीलाई घाइते बनाएर फरार भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले प’क्राउ गरेको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालत दैलेखबाट १० दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्