कुलमानलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्त गर्ने विषयमा ओलीले जनाए आपत्ति



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकोप्रति पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

मङ्गलवार अध्यक्ष ओलीले संसद्मा बोल्दै विद्युत् प्राधिकरणमा जो व्यक्ति जुन संस्थामा लामो समय काम गर्दै बढुवा हुँदै आएको व्यक्तिलाई दबाबमा हटाएर आफ्नो मान्छे नियुक्त गर्नु खोज्नु गलत हुने बताएका हुन् ।

उनले भने,‘कार्यरत संस्थामा नै लामो समय काम गरेर बढुवा हुँदै कार्यकारी ठाउँमा पुगेकालाई दबाब दिएर संस्थाबाट हटाउन खोजिँदै छ। यो राम्रो होइन ।’

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त हुने निश्चित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरेकी थिइन तर प्रस्ताव पारित भएको छैन। सोमबार प्रस्ताव पारित नभए पनि अब बस्ने मन्त्रिपरिषद्ले घिसिङलाई नियुक्ति गर्ने तयारीमा सरकार रहेको मन्त्रालय स्रोतले जनाएको छ। लोकपाटीबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्