ज्योति पासवान आ’त्मह’त्या प्रकरण : प्रेमी कृष्ण मिश्रा विरुद्ध जाहेरी दर्ता



सप्तरी । सप्तरीको खुरुङ्गानगरपालिका ७, पोखरीयताकी ज्योति पासवानको आ’त्मह’त्या प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ । झाविरुद्ध ज्योतिका पिता प्रमोदले आ’त्मह’त्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् ।

प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए । कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आ’त्मह’त्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा कृष्णलाई मुलुकी अ’पराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ । सुरु गा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पत्ति नदिने भन्दै कागज गराउँदा उनले हाँसी-हाँसी औँठाछाप लगाएको थिए ।

स्थानीय एक युवक कृष्णा कुमार मिश्रसँग उनको प्रेम सम्बन्ध मात्र थिएन कि उनलाई फाल्गुनमा घरबाट भगाएर विवाह गरी केही दिन लहानको एक होटेलमा राखेर यौ’न शोषण पनि गरे । कृष्ण असारको पहिलो साता कोठा खोज्न जाँदै छु भन्दै लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेकी थिइन् । त्यसपछि युवतीले आफ्नो घरमा फोन सम्पर्क गरी आमा बुवालाई बोलाएर सबै वृत्तान्त बताइन् । त्यसपछि नजिकै लहान प्रहरीमा उजुरी परि गरिन , तर, कम उमेरको कारण प्रहरीले युवतीलाई आमाबुवाकै जिम्मा लगाए ।

केही समयपछि ज्योतिका बुवा प्रमोदले उनलाई घर लिएर गएका थिए ।   ज्योतिले शनिवार २३ गते घर नजिकै मानसिक तनावमापरी रुखमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।  घ’ट’नाको सत्य तथ्य छानबिन गरी दोषी युवकलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था माग स्थानीयहरूले गरेका छन् । ज्योतिलाई प्रेममा पारेर पाँच महिना यौ’न शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्