सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नेपाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्ति पत्र बुझेका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्ति पत्र प्रदान गरिन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएका छन् । उनको स्वागतमा प्राधिकरणमा सबै तयारी गरिएको छ ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।