काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रो पटक नियुक्त भएका कुलमान घिसिङले पदभार सम्हालेका छन् । बुधवार दिउँसो ऊर्जा मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेपछि उनले पदभार सम्हालेका हुन् । उनलाई प्राधिकरणमा कर्मचारीहरूले स्वागत गरेका थिए । घिसिङले बुधवार नै पदभार ग्रहण गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।