काठमाडौँ । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । सरकारले बर्खास्त गर्ने उद्देश्यका साथ स्पष्टीकरण सोधेको बताउँदै भट्टराईले त्यसको जवाफ नदिई सिधै राजीनामा घोषणा गरेका हुन् ।
भट्टराईले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका समयमा सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको बताएका छन् । साथै, अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भएको आरोप पनि लगाएका छन् । विकास विरोधी र जनविरोधी सरकार अन्तर्गत पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै भट्टराईले बुधवार राजीनामा दिने घोषणा गरेका हुन् ।
अराजनीतिक ढङ्गले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरूको गठ जोडबाट बनेको गँगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल–वे कम्पनी लमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु ।,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।