उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आ’रोपमा एक जना प’क्राउ



काठमाडौँ  । उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनेर ठगी गरेको आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा डोटी जिल्ला  केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौँ बस्ने २६ बर्सिया  किशोर भट्ट / कुशल भट्ट भनिने केशवराज भट्ट छन् ।

उनले निजामती कर्मचारीको पोसाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरी नपाएको ओहोदा वा पद पाएको भनी भ्रम सिर्जना गरी विभिन्न व्यक्तिहरूलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उद्देश्यले ठगी गरिरहेको भन्ने सूचना प्राप्तको आधारमा उनलाई  महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कलङ्की स्युचाटारबाट प’क्राउ गरेको जनाएको छ।

भट्ट यसअघि साइबर क्राइम र ठगी मुद्दामा जिल्ला अदालतमा एक वर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तानी गरिसकेको व्यक्ति रहेको महाशाखाले जनाएको छ। उनलाई २०७५ चैत्र २६ गते महाशाखाले प’क्राउ गरेको थियो।

उनीबाट कोही व्यक्तिहरू पीडित भएको भए महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। भट्टले कतिपय व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनी ठगी गर्दै आएकोसमेत खुलेको महाशाखाले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको पनि महाशाखाले जनाएको छ । 

प्रहरीले निजको साथबाट निजले प्रयोग गर्ने गरेको सिम कार्ड सहितको आई फोन थान-१, केशवराज भट्ट नामको प्रभु बैङ्कको एटिएम थान-१, त्रि-चन्द्र कलेजको विद्यार्थी परिचयपत्र थान-१ र नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान-१ समेत बरामद गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्