काँग्रेसमय बन्यो राजपुरको सिक्टा र राँताकास



टेकबहादुर पुन दाङ । राजपुर गाउँपालिकाको सिक्टा काँग्रेस मय बनेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका ५४ जना स्थानीय विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेपछि सिक्टा र गल्चु राँताकास काँग्रेस मय बनेको हो । विभिन्न आश्वासन मात्र बाँड्ने र काम गर्न नसक्ने अन्य पार्टी छोडेर काँग्रेसमा प्रवेश गरेको घनश्याम कुमालले बताए । ‘आश्वासन मात्र बाँड्ने तर सिन्को नभाँच्ने, हामीलाई बलिको बोका बनाइयो कुमालले भने-यस्ता पार्टी बहिस्कार गरौँ ।’

उनीहरू मध्य केही स्थानीयलाई नेकपाको दुई तिहाइ सरकार गठन भएपश्चात् विभिन्न प्रलोभनमा पारी पार्टी प्रवेश गराइएको थियो । तर पछिल्ला गतिविधि बुझ्दै जाँदा आश्वासन मात्र बाँड्ने तर सिन्को नभाँच्ने भन्दै उनीहरू सहित ५४ जना काँग्रेसमा प्रवेश गरेका हुन् । नव प्रबेशीहरुलाई काँग्रेस नेता तथा महासमिति सदस्य जानकीलाल बस्नेतले फुल माला अबिरले भव्य स्वागत गरेका हुन ।

फराकिलो काँग्रेस पार्टीमा सबै अट्नुका साथै प्रत्येकको स्थायित्व कायम हुने बस्नेतले बताए । नव प्रबेशी मध्य घनश्याम कुमाल र निम प्रकाश विश्वकर्मा नेकपा एमालेका बलिया खम्बाका रूपमा परिचित थिए भने गोपीराम कुमाल माओवादी केन्द्रबाट स्थानीय स्तरमा मजबुती माहोल बनाएका थिए । वडा सभापति भीम बहादुर खड्काको सभापतित्व तथा काँग्रेस नेता जानकीलाल बस्नेतको प्रमुख आतिथ्य एवं नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापति शरद कुमार बुढाथोकीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकराज केसी, सह-सभापति मन्जित खड्का लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल महिला सङ्घ राजपुर सभापति रिता बि. क., पूर्व जिल्ला कमिटी सदस्य राम कुबेर यादव, तरुण दल राजपुर गाउँपालिका अध्यक्ष गोत बहादुर चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन लालवीर खड्काले गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्