पर्वतको बिहादीमा पूर्ण रूपमा अपाङ्ग व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण 



बिहादी,पर्वत । पर्वतको विहादि गाउँपालिका वडा नं ३ रानिपानि कुमाल गाउँ र सोही वडाको पस्यारका अपांगलाई बिहादि गाउँपालिकाको सहयोगमा घरमै पुगेर नागरिकता वितरण गरिएको छ । कुमाल गाउँका १ जना र पस्यारका ३ जना व्यक्तिलाई  ईलाका प्रशासन कार्यालय हुँवासका प्रमुख नवीन सुबेदीले नागरिकता वितरण गर्नुभएको  हो ।

उक्त कार्यक्रममा बिहादि गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल,  बिहादी गाउँपालिका वडा नं ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, रेडियो सत्य वाणी १०४ मेगाहर्जका अध्यक्ष हरि न्यौपाने  लगायतको उपस्थिति रहेको थियो । साथै सोही अवसरमा बोल्दै अपाङ्ग व्यक्तिले आफूले नागरिकता पाएपछि बल्ल नेपाली भएको अनुभव सुनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्